Search This Blog

Popular Posts

Saturday, April 9, 2011

ब्रेकिङ न्यूज – गोलधाप शिविरमा आगलागी (फोटो सहित)

झापाको गोलधाप स्थित भुटानी शरणार्थी शिविरमा आज बिहान आगलागी भएको छ । आलागिबाट शिविरका सात सय बढी छाप्रा जलेर नष्ट भएका छन् ।
बिहान आठ बजेतिर सेक्टर बी वान हट नम्बर १८ का नरेश तिम्सिनाको छाप्रोबाट आगलागि शुरु भएको थियो । आगलागिको कारण खुल्न नसकेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जानकारी दिएको छ ।
आगलागी पछिको भाग दौडमा करिव २५ जना शरणार्थी घाइते भएका छन् । उनीहरुलाई बिभिन्न स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ ।
तेस्रो मुलुकमा भएको पुनस्थापनाका कारण उक्त शिविर आउँदो अप्रिल पहिलो सातादेखि बन्द गर्ने तयारी भइरहेको थियो । हाल त्यहाँ करिव चार हजार जनसंख्या रहेको छ ।
बि‌.सं. २०६४ सालमा भएको आगलागीबाट उक्त शिविरका सबै छाप्रा जलेको थियो । त्यस बेला छाप्राहरु दमकलसमेत छिर्न नसक्ने गरी बनाइएका कारणा आगो नियन्त्रणमा लिन कठिनाइ भएको निष्कर्ष निकालिएपछि पछि दमकल गुड्न सक्ने गरी छाप्राहरु बनाइएको थियो 

।थप जानकारीका लागि पूर्वेली टाइम्स हेर्दै गर्नु होला ।

No comments:

Post a Comment