Search This Blog

Popular Posts

Thursday, March 31, 2011

झापाको दमकमा रहेको समुदायबाट संचालित दमक बहुमुखी क्याम्पसमा प्रत्येक महिना तीन लाखको दरले घाटामा रहेको पाइएको छ ।
क्याम्पस श्रोतका अनुसार प्रत्येक महिना घाटा बढ्दै जाँदा अहिले क्याम्पसको घाटा असी लाख पुगिसकेको छ ।
हेर्दा बाहिर आकर्षक र भौतिक सुबिधाले समेत सम्पन्न रहेको क्याम्पस आर्थिक रुपमा भने धरासयी बन्दै गएको जनाइएको छ ।
क्याम्पसका कर्मचारी तथा प्राध्यापकहरुको तलब र भत्तामा बढि खर्च भएर क्याम्पस घाटामा गएको बताइने गरेको छ ।
दमक बहुमुखी क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष सुरेश सुब्बाले क्याम्पस घाटामा रहेको स्वीकार गर्नु भएको छ ।
नयाँ ब्यवस्थापन समितिले काम शुरु गरेको छ महिना मात्र पुगेको र आफुहरु आउनुअगाडि नै क्याम्पस साठी लाख रुपैयाँ घाटामा रहेको र तयसपछि करिब अठार लाख घाटा भएको सुब्बाले बताउनु भएको छ ।
मासिक तीन लाखको दरले घाटा हुन थालेपछि आन्तरिक श्रोत जुटाएर क्याम्पसलाई घाटा मुक्त बनाउन बिशेष समिति निर्माण गरेर काम शुरु गरिएको ब्यवस्थापन समितिको भनाइ रहेको छ ।
महङ्गी बृद्धि भएको र क्याम्पसमा बिभिन्न संकाय तथा बिषय थप भएका कारण क्याम्पसको ब्ययभार बढेको तर क्याम्पसको स्रोत भने नखोजिएकाले यो अवस्था आएको बताइने गरेको छ ।
क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष सुब्बाका अनुसार प्रत्येक बर्ष क्याम्पसमा बिद्यार्थीको संख्या घटिरहेको र अन्य क्याम्पस पनि खुलेकाले चुनौती बढ्दै गएको छ ।
पाँच बर्षदेखि बिद्यार्थीको शुल्क बृद्धि गर्न नसकिएको र बिद्यार्थी संगठनहरुले शुल्क बृद्धि गर्न नदिएका कारण क्याम्पस आर्थिक रुपमा धरासयी बन्दै गएको ब्यवस्थापन समितिका सदस्यहरुले बताउने गरेका छन् ।

क्याम्पसको नीति निर्माणदेखि लिएर हरेक गतिबिधिलाइ चुस्त रुपमा चलाउन दुई सय पचासभन्दा बढि क्याम्पस सभाषदको ब्यवस्था भएपनि सभाषदहरु नै क्याम्पसको अवस्थाको विषयमा अनविज्ञ रहेका छन् ।
एक क्याम्पस सभाषदले दुईपटक क्याम्पस सभाका लागि क्याम्पस गएपनि कोरम नपुगेर फर्किएको र यस बिषयमा आफुलाई केहि पनि थाहा नभएको बताउनु भयो ।
बर्षमा एकपटक क्याम्पस सभा हुने गरेको क्याम्पस सभाको बिषयमा सबै सभाषदहरुलाई जानकारी भएको क्याम्पसले जनाएको छ ।
क्याम्पसका सहायक प्रमुख एबं उच्च माबि प्रमुख डिल्ली भट्टराईले क्याम्पस आर्थिक रुपमा धरासयी नबनेको र बर्षौंदेखि भर्ना शुल्क लगायतका शिर्षकमा शुल्क समायोजन नभएकाले केहि समस्या आएको बताउनु भयो ।
बिद्यार्थीको संख्या कम भएपनि प्राध्यापकहरुको संख्या बढिरहेका कारण तलब भत्तामा नै बढि खर्च भइरहेको भन्ने गुनासो खासै जायज नभएको भन्दै समयनाकुल शंकाय तथा बिषय थप हुँदा त्यहि अनुसार खर्च बढेको उहाँले बताउनु भयो । क्याम्पस यो क्षेत्रको धरोहर भएकाले यसलाई जोगाउन सबै लाग्नु पर्ने र प्रशासनिक रुपमा पनि भ्रमण तथा भत्तामा खर्च कटौति गरेर केहि घाटा घटाउन सकिने समेत जनाउनु भयो ।
दमक क्याम्पसमा केहि बर्ष अघिदेखि दोश्रो उच्च शिक्षा परियोजना समेत संचालनमा रहेको छ । यसका लागि बिभिन्न चरणमा क्याम्पसले अठार करोड रूपैयाँभन्दा बढि रकम पाउने भएपनि यो रकम तलब भत्ता तथा तोके बाहेकका अन्यत्र खर्च गर्न नपाउने प्राबधान रहेकाले क्याम्पसको घाटा पूर्तिका लागि श्रोतको खोजीमा क्याम्पस लागेको क्याम्पस संचालक समितिले बताउँदै आएको छ ।
विष्णु

No comments:

Post a Comment